बिहीबार, श्रावण १५,२०८२ 01:54:02
  • बिहीबार, श्रावण १५,२०८२ 01:54:02
Global IME Bank Limited

‘सेन्ट्रल केवासी’ मार्फत ग्राहक पहिचान गर्दै ब्रोकर, मल्टिपल ब्रोकरमा उधारो कारोबार गर्ने फन्दामा पर्दै !

Hyundai Nepal
‘सेन्ट्रल केवासी’ मार्फत ग्राहक पहिचान गर्दै ब्रोकर, मल्टिपल ब्रोकरमा उधारो कारोबार गर्ने फन्दामा पर्दै !
Shivam Cement

काठमाण्डौ । सीडीएससीले गत आर्थिक वर्षदेखि सेन्ट्रल केवाईसी लागू गरेको छ । सेन्ट्रल केवाईसी लागू भएपछि ब्रोकरहरुलाई ग्राहकहरुको कारोबार पहिचान गर्न मात्रै सहज नभएर उनीहरुको कारोबारको निगरानी गर्न समेत सहज भएको छ । सेन्ट्रल केवासी भनेको डिम्याटसँग पनि लिंक भएको एउटा ग्राहक पहिचान नम्बर हो ।

हाल केही लगानीकर्ताहरुले ब्रोकर पिच्छे नै खाता खोल्ने र मल्टिपल ब्रोकरहरुमा उधारो कारोबार गर्ने गरको पाइएको छ । यस्तो प्रचलन खासगरि नयाँ ब्रोकर थपिए पछि एकै लगानीकर्ताले १४ वटासम्म डिम्याट खाता खोल्ने गरेको रहस्य पनि भेटिएको छ । केही ब्रोकरहरुले मल्टिपल डिम्याट खाता माग गरेको अबस्थामा यस्तो समस्या देखिएको हो ।  

Muktinath Bikas Bank Limited

एक ब्रोकरले दिएको जानकारी अनुसार हालको सेन्ट्रल केवासीबाट कुन लगानीकर्ताले कुन ब्रोकरमा के कस्तो कारोबार गरेको छ भन्ने पहिचान हुने गरेको छ । यसले लगानीकर्ताहरुले ब्रोकर चाहर्दै हिड्ने र बढी उधारो कारोबार गर्नेहरु लगानीकर्ता पहिचान गर्न ब्रोकरहरुलाई सहज हुने ति ब्रोकरले दावी गरे ।  

डिम्याट खाता, टीएमएस र सेन्ट्रल केवासी आवद्ध गरेर लगानीकर्ताहरुको विगतको कारोबार हिस्ट्री पनि पहिचान हुने ती ब्रोकरले बताए । हाल केही लगानीकर्ताहरुले दोस्रो बजारमा एक ब्रोकरबाट सेयर किनेर अर्को ब्रोकरमा बिओ टु बिओ गर्ने , धेरै ब्रोकरहरुमा उधारो कारोबार राख्ने जस्ता समस्या बढे पछि सेन्ट्रल केवासी मार्फत ब्रोकहरुले ग्राहक कारोबार पहिचान गर्न थालेका हुन् । एउटै व्यक्तिको नाममा यदि धेरै डिम्याट खोलेको अवस्थामा त्यस्ता ग्राहकलाई कोल्बयाट्रल लिभरेजमा कडाई गरिने पनि ती ब्रोकरले दाबी गरे ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.