काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो वित्तीय अवस्थामा सुधार ल्याएको छ । संस्थाले सार्वजनिक गरेको गत आवको वित्तीय विवरणअनुसार मुख्य सूचकहरुमा संस्थाले प्रगति गरेको छ । संस्थाले उक्त अवधिसम्म ४ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन रकम अघिल्लो आवको तुलनामा १७९.४९ प्रतिशतले बढी हो ।
अघिल्लो आवको चौथो त्रैमाससम्म संस्थाले १ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
संस्थाको खुद ब्याज आम्दानी ४१.७१ प्रतिशतले वृद्धि भएको छ । संस्थाले १७ करोड २७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी भने घटेको छ । संस्थाले ८ लाख ४१ हजार रुपैयाँबराबरको खुद शुल्क तथा कमिशन आम्दानी गरेको छ । जुन अघिल्लो आवमा ६२ लाख ६१ हजार रुपैयाँ थियो । यस्तै संस्थाको खुद सञ्चालन आम्दानी १९ करोड ८७ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवमा १४ करोड ४४ लाख रुपैयाँमा सीमित थियो ।
यस्तै संस्थाले ६ करोड ७ लाख रुपैयाँबराबरको सञ्चालन मुनाफा आर्जन गरेको छ । संस्थाको निक्षप संकलन र कर्जा प्रवाह द्ुवै बढेको छ । निक्षेप संकलन ४७ करोड ४४ लाख रुपैयाँबाट बढेर ५० करोड ३७ लाख रुपैयाँ पुगेको छ ।
कर्जा प्रवाह पनि २ अर्ब ५ करोडबाट बढेर २ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवमा १५ लाख ३५ हजार रुपैयाँले ऋणात्मक रहेको संस्थाको रिटेन्ड अर्निङ २ करोड ६४ लाख रुपैयाँले धनात्मक बनेको छ । संस्थाको रिजर्भमा ९ करोड ९ लाख रुपैयाँ सञ्चित छ । यस्तै संस्थाको वितरणयोग्य मुनाफा २ करोड ६४ लाख रुपैयाँ रहेको छ ।
संस्थाको खराब कर्जा अनुपात ५.८४ प्रतिशतबाट घटेर ४.५१ प्रतिशतमा झरेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) २८.०४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७७.४५ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७६०.३६ रुपैयाँ,मूल्य आम्दानी अनुपात ५८.६६ गुणा र तरलता अनुपात ११.७९ प्रतिशत कायम भएको छ ।