काठमाण्डौ । सिप्रवी सेक्युरिटिज(स्टक ब्रोकर नम्बर २२)का जनरल म्यानेजर जयन्त श्रीवास्तवलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीले श्रीवास्तवलाई ११ करोड ५५ लाख रुपैयाँ ठगी गरेको आरोपमा बुधबार पक्राउ गरेको हो ।
उनलाई मिता मुरारका अग्रवाल र ज्योति अग्रवालको उजुरीको आधारमा पक्राउ गरिएको हो । उनीहरुले सेयर कारोबार गरेबापतको रकम ठगी गरेको भन्दै उजुरी दिएका थिए । आफू विरुद्ध उजुरी परेको थाहा पाएपछि श्रीवास्तव आफैं प्रहरी कार्यालयमा उपस्थित भएको प्रहरीले जनाएको छ ।
मिता मुरारका र ज्योती अग्रवालले जिल्ला प्रहरी वृत्त सिंहदरबारमा ठगीको आरोपमा उजुरी दर्ता गरेका थिए । जिल्ला अदालत काठमाण्डौले श्रीवास्तवविरुद्ध ३ दिन म्याद थप गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।