Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

अर्थमन्त्रीको तागेतापछि सेबोनद्वारा वृहत छलफल, संयुक्त सुझाव आइतबार बुझाइने

Global IME Bank Limited
अर्थमन्त्रीको तागेतापछि सेबोनद्वारा वृहत छलफल, संयुक्त सुझाव आइतबार बुझाइने
Nabil Bank Limited

काठमाण्डौं । अर्थमन्त्री बर्षमान पुनले मागेका पुँजीबजारका समस्या पहिचान  र समाधानका उपायसहितको कार्ययोजना बनाउने बिषयमा बिहीबार नेपाल धितोपत्र बोर्डमा घनिभूत रुपमा छलफल भएको छ ।  

धितोपत्र बोर्डका निमित्त अध्यक्ष नबराज अधिारीले दिएको जानकारी अनुसार  आजको छलफलमा नेप्से, सीडीएसी, मर्चेण्ट बैंकर, दुईवटा ब्रोकर एसोसिएसन, क्रेडिट रेटिङ एजेन्सीहरु, एफएनसीसीआई, सिएनआई, एनसीसी लगायतसँग बृहत छलफल भएको हो । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

छलफलमा सहभागी सबै संस्थाका प्रतिनिधिहरुले धितोपत्र बोर्डलाई बजार सुधारका लिखित कार्ययोजना पेश गरेका छन् । लगानीकर्ताहरुको तर्फबाट पनि सुझाव आएको अधिकारीले जानकारी दिए ।  

सीडीएसीका प्रमुख कार्यकारी अध्यक्ष पूर्णप्रसाद आचार्यका अनुसार छलफलमा सहभागी सबैले आफ्नो तर्फबाट बोर्डलाई सुझाव पेश गरेका छन् ।  

सो क्रममा मर्जर तथा प्राप्तिमा गएका कम्पनीहरुको करको विषयमा पनि सुझाव आएको छ ।  

यस्तै, राष्ट्रबैंकले सेयर धितो कर्जामा लगाएको १५–२० करोडको क्याप हटाउनुपर्ने  र हालको जोखिम भार घटाउनुपर्ने विषय पनि सुझावको रुपमा आएका छन् ।  

ब्रोकरहरुमार्फत दिने मार्जिन कारोबारको स्रोत पहिचान र कार्यान्वयनको विषयलाई पनि प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने सुझाव सरोकारवालाले दिएका छन् ।  

सरोकारवालाले बजारको आन्तरिक र तत्काल सुधार गर्नुपर्ने विषयलाई समेत प्राथमिकताका साथ पेश गरेका छन् । जसमा अक्सन मार्केटको सुरुवात, नागरिक लगानीकोष, सामाजिक सुरक्षाकोष र कर्मचारी सञ्चय कोषलाई सेयरबजारमा लगानी गर्न सहज बनाउने र बजार सन्तुलन राख्न लगाउने जस्ता विषय रहेका छन् ।  

यस्तै, कम्पनीहरुको साधारणसभामा इभोटिङलाई कानूनी मान्यता दिने, जलविद्युत कम्पनीको लकिङ तीन बर्ष पुगे पनि एकैपटक नखोलेर चरणबद्ध रुपमा मात्रै खोल्नुपर्ने सुझाव पनि छलफलका क्रममा आएका सिडीएससीका सीइओ आचार्यले जानकारी दिए ।  

उनकाअनुसार आज संयुक्त रुपमा छलफल भएर विभिन्न क्षेत्रबाट आएका सुझावहरुलाई एकीकृत गरेर धितोपत्र बोर्डले एउटै फाइल तयार पारको छ । जसलाई आइतबार बुझाउने योजना छ ।  


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.