शुक्रबार, जेष्ठ १,२०८३ 06:07:38
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 06:07:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अर्थमन्त्रीको तागेतापछि सेबोनद्वारा वृहत छलफल, संयुक्त सुझाव आइतबार बुझाइने

Laxmi Sunrise Bank Limited
अर्थमन्त्रीको तागेतापछि सेबोनद्वारा वृहत छलफल, संयुक्त सुझाव आइतबार बुझाइने
Shivam Cement

काठमाण्डौं । अर्थमन्त्री बर्षमान पुनले मागेका पुँजीबजारका समस्या पहिचान  र समाधानका उपायसहितको कार्ययोजना बनाउने बिषयमा बिहीबार नेपाल धितोपत्र बोर्डमा घनिभूत रुपमा छलफल भएको छ ।  

धितोपत्र बोर्डका निमित्त अध्यक्ष नबराज अधिारीले दिएको जानकारी अनुसार  आजको छलफलमा नेप्से, सीडीएसी, मर्चेण्ट बैंकर, दुईवटा ब्रोकर एसोसिएसन, क्रेडिट रेटिङ एजेन्सीहरु, एफएनसीसीआई, सिएनआई, एनसीसी लगायतसँग बृहत छलफल भएको हो । 

Bizshala
New Office
CG Motors

छलफलमा सहभागी सबै संस्थाका प्रतिनिधिहरुले धितोपत्र बोर्डलाई बजार सुधारका लिखित कार्ययोजना पेश गरेका छन् । लगानीकर्ताहरुको तर्फबाट पनि सुझाव आएको अधिकारीले जानकारी दिए ।  

सीडीएसीका प्रमुख कार्यकारी अध्यक्ष पूर्णप्रसाद आचार्यका अनुसार छलफलमा सहभागी सबैले आफ्नो तर्फबाट बोर्डलाई सुझाव पेश गरेका छन् ।  

सो क्रममा मर्जर तथा प्राप्तिमा गएका कम्पनीहरुको करको विषयमा पनि सुझाव आएको छ ।  

यस्तै, राष्ट्रबैंकले सेयर धितो कर्जामा लगाएको १५–२० करोडको क्याप हटाउनुपर्ने  र हालको जोखिम भार घटाउनुपर्ने विषय पनि सुझावको रुपमा आएका छन् ।  

ब्रोकरहरुमार्फत दिने मार्जिन कारोबारको स्रोत पहिचान र कार्यान्वयनको विषयलाई पनि प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने सुझाव सरोकारवालाले दिएका छन् ।  

सरोकारवालाले बजारको आन्तरिक र तत्काल सुधार गर्नुपर्ने विषयलाई समेत प्राथमिकताका साथ पेश गरेका छन् । जसमा अक्सन मार्केटको सुरुवात, नागरिक लगानीकोष, सामाजिक सुरक्षाकोष र कर्मचारी सञ्चय कोषलाई सेयरबजारमा लगानी गर्न सहज बनाउने र बजार सन्तुलन राख्न लगाउने जस्ता विषय रहेका छन् ।  

यस्तै, कम्पनीहरुको साधारणसभामा इभोटिङलाई कानूनी मान्यता दिने, जलविद्युत कम्पनीको लकिङ तीन बर्ष पुगे पनि एकैपटक नखोलेर चरणबद्ध रुपमा मात्रै खोल्नुपर्ने सुझाव पनि छलफलका क्रममा आएका सिडीएससीका सीइओ आचार्यले जानकारी दिए ।  

उनकाअनुसार आज संयुक्त रुपमा छलफल भएर विभिन्न क्षेत्रबाट आएका सुझावहरुलाई एकीकृत गरेर धितोपत्र बोर्डले एउटै फाइल तयार पारको छ । जसलाई आइतबार बुझाउने योजना छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.