आईतवार, श्रावण १०,२०८३ 04:06:20
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 04:06:20
Bizshala
Global IME Bank Limited

नेप्से एआई नामक एपबाट सेयर लगानीकर्ताको करोडौ ठगी, सीआईबीले गरायो सचेत

नेप्से एआई नामक एपबाट सेयर लगानीकर्ताको करोडौ ठगी, सीआईबीले गरायो सचेत
New Office

काठमाण्डौ । सेयर बजारमा सर्वसाधारणको आकर्षण बढेसँगै ह्याकरहरुले सेयर लगानीकर्ता लक्षित गरेर नयाँ ठगी धन्दा गर्न थालेका छन् । एआई र सेयर बजारको आकर्षणको फाइदा उठाउदै डिजिटल ठगहरुले आम सर्वसाधारणहरुको बैंक खाताबाट क्षणभरमै लाखौ रुपैयाँ रित्याउन सफल भएका छन् ।  

यसैबीच नेपाल केन्द्रिय अनुसन्धान ब्युरोले एक सुचना जारी गर्दै सेयर लगानीकर्ताहरुलाई सचेत गराएको छ । नेप्से एआइ नामक एपमार्फत सेयरबजारको विश्लेषण गरि बढी भन्द बढी नाफा कमाउन सक्ने जस्ता भ्रामक सुचना जारी गर्दै एप डाउनलोड गर्न प्रेरित गर्ने , एप डाउनलोड गरे पछि रिमोट सेसन खोली खातामा भएको पैसा एकै सेकेण्डमा अन्यत्र ट्रान्सफर गर्ने उजूरी बढेको भन्दै सीआईबीले सर्वसाधारणलाई सचेत गराएको हो ।  

यस अघि कीर्तिपुरका एक लगानीकर्ता उमेश महर्जनको झण्डै एक लाख रुपैयाँ ह्याकरले ह्याक गरेपछि सीआईबीमा उजूरी दिएका थिए । ह्याक्कहरले सेयर बजारमा परिचित लगानीकर्ताहरुको फोटो नै दुरुपयोग गरेर समेत आमसर्वसाधरणलाई बिश्वास दिलाएर ह्याक गर्ने गरेको सेयर लगानीकर्ता महेश रिजालले जानकारी दिए ।  

सीआईबीले निकालको सूचनामा एक व्यक्तिको खाताबाट २८ लाख ६१ हजार रुपैयाँ मोबाइल बैंकिङबाट ठगिएको समेत बताइएको छ । यस्ता अन्य उजुरीहरु परेको समेत सीआईबीले जनाएको छ ।  

यस्ता ठगीबाट बच्नको लागि २ फ्याक्टर औथेन्टिकेसन कोर्ड प्रयोग गर्ने , पासवर्ड बेला–बेला परिवर्तन गर्ने , नेप्से एआई लगाएतका एपहरु डाउनलोड नगर्ने, आफ्नो डेक्सटप अपरिचित व्यक्तिलाई एनी डेक्स तथा रिमोर्ट एक्सेस र टीम भिओर नदिने , आधिकारिक स्रोत जस्तो गुगल प्ले तथा आओएसबाट मात्रै एप डाउलोड गर्न सीआईबीले सुझाव दिएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.