• मंगलवार, श्रावण २७,२०८२ 10:35:47
Global IME Bank Limited

नेप्से एआई नामक एपबाट सेयर लगानीकर्ताको करोडौ ठगी, सीआईबीले गरायो सचेत

Hyundai Nepal
नेप्से एआई नामक एपबाट सेयर लगानीकर्ताको करोडौ ठगी, सीआईबीले गरायो सचेत
Shivam Cement

काठमाण्डौ । सेयर बजारमा सर्वसाधारणको आकर्षण बढेसँगै ह्याकरहरुले सेयर लगानीकर्ता लक्षित गरेर नयाँ ठगी धन्दा गर्न थालेका छन् । एआई र सेयर बजारको आकर्षणको फाइदा उठाउदै डिजिटल ठगहरुले आम सर्वसाधारणहरुको बैंक खाताबाट क्षणभरमै लाखौ रुपैयाँ रित्याउन सफल भएका छन् ।  

यसैबीच नेपाल केन्द्रिय अनुसन्धान ब्युरोले एक सुचना जारी गर्दै सेयर लगानीकर्ताहरुलाई सचेत गराएको छ । नेप्से एआइ नामक एपमार्फत सेयरबजारको विश्लेषण गरि बढी भन्द बढी नाफा कमाउन सक्ने जस्ता भ्रामक सुचना जारी गर्दै एप डाउनलोड गर्न प्रेरित गर्ने , एप डाउनलोड गरे पछि रिमोट सेसन खोली खातामा भएको पैसा एकै सेकेण्डमा अन्यत्र ट्रान्सफर गर्ने उजूरी बढेको भन्दै सीआईबीले सर्वसाधारणलाई सचेत गराएको हो ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

यस अघि कीर्तिपुरका एक लगानीकर्ता उमेश महर्जनको झण्डै एक लाख रुपैयाँ ह्याकरले ह्याक गरेपछि सीआईबीमा उजूरी दिएका थिए । ह्याक्कहरले सेयर बजारमा परिचित लगानीकर्ताहरुको फोटो नै दुरुपयोग गरेर समेत आमसर्वसाधरणलाई बिश्वास दिलाएर ह्याक गर्ने गरेको सेयर लगानीकर्ता महेश रिजालले जानकारी दिए ।  

सीआईबीले निकालको सूचनामा एक व्यक्तिको खाताबाट २८ लाख ६१ हजार रुपैयाँ मोबाइल बैंकिङबाट ठगिएको समेत बताइएको छ । यस्ता अन्य उजुरीहरु परेको समेत सीआईबीले जनाएको छ ।  

यस्ता ठगीबाट बच्नको लागि २ फ्याक्टर औथेन्टिकेसन कोर्ड प्रयोग गर्ने , पासवर्ड बेला–बेला परिवर्तन गर्ने , नेप्से एआई लगाएतका एपहरु डाउनलोड नगर्ने, आफ्नो डेक्सटप अपरिचित व्यक्तिलाई एनी डेक्स तथा रिमोर्ट एक्सेस र टीम भिओर नदिने , आधिकारिक स्रोत जस्तो गुगल प्ले तथा आओएसबाट मात्रै एप डाउलोड गर्न सीआईबीले सुझाव दिएको छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.