IME remit
  • शुक्रबार, श्रावण ३०,२०८२ 02:06:03
IME remit
Global IME Bank Limited

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश क्षमता घट्यो, नाफा र आम्दानीमा समेत गिरावट

Hyundai Nepal
स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश क्षमता घट्यो, नाफा र आम्दानीमा समेत गिरावट
Shivam Cement

काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले लाभांश क्षमता घटेको छ । बैंकले सार्वजनिक गरेको गत आवको चौथौ त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको लाभांश क्षमता १९.८५ प्रतिशतमा सीमित बनेको छ । अघिल्लो आवमा बैंकको लाभांश क्षमता २६.११ प्रतिशत थियो ।  

बैंकको वितरणयोग्य मुनाफामा समेत कमी आएको छ । अघिल्लो आवमा २ अर्ब ४६ करोड रुपैयाँ रहेको वितरणयोग्य मुनाफा १९.०२ प्रतिशतले घटेर १ अर्ब ९९ करोड रुपैयाँमा सीमित बनेको छ ।  समीक्षा अवधिमा बैंकले ३ अर्ब २ करोड रुपैयाँबराबरको खुद नाफा कमाएको छ । जुन रकम अघिल्लो आवको तुलनामा ७.५१ प्रतिशतले कम हो । अघिल्लो आवको चौथो त्रैमाससम्म बैंकले ३ अर्ब २७ करेड रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बैंकको खुद ब्याज आम्दानीमा पनि कमी आएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ५ अर्ब १३ करोड रुपैयाँबराबर रहेको खुद ब्याज आम्दानी घटेर ४ अर्ब ४८ करोड रुपैयाँमा सीमित बनेको छ ।  

समीक्षा अवधिमा बैंकले १ खर्ब २५ अर्ब बढी निक्षेप संकलन गरेकोमा ७२ अर्ब ७१ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो आवमा २.१४ प्रतिशतबाट घटेर १.४७ प्रतिशतमा सीमित बनेको छ ।    

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३०.१७ रुपैयाँ, पीई अनुपात २१.८ गुणा र प्रतिसेयर नेटवर्थ २१७ रुपैयाँ कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.