काठमाण्डौ । जस्मिन पेन्ट्सले बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि ‘चाड पर्वको उमंग, जापान घुमौं जस्मिन पेन्ट्ससँग’ ग्राहक उपहार योजना–२०८२ सञ्चालनमा ल्याएको छ ।
कम्पनीले आउँदै गरेका चाडपर्वहरूमा थप उमंग र खुशी प्रदान गर्ने उद्देश्यका साथ यहि भदौ १ गतेदेखी आगामी कार्तिक ३० गते सम्मका लागि ग्राहक लक्षित उक्त योजना लागू गरेको हो ।
यस योजनामा सहभागी हुन ग्राहकहरूले नजिकैको डिलरहरूबाट कम्तीमा ७५ हजार रुपैयाँबराबरको जस्मिन पेन्ट्सको उत्पादनहरूको खरिदमा एक लक्की ड्र कुपन प्राप्त गर्न सक्नेछन् र लक्की ड्र मार्फत बिभिन्न उपहारहरु प्राप्त गर्न सक्नेछन। विजेता घोषणाको लक्की ड्र कार्यक्रम प्रत्यक्ष प्रसारण मार्फत गरिनेछ । यस उपहार योजना मार्फत १ हजार ८२ जना ग्राहकहरूले विभिन्न उपहारहरु प्राप्त गर्न सक्नेछन् ।
जसअन्तर्गत १ जनाले बम्परमा जापान घुम्न पाउने अवसर, ७५ जनाले डिनर सेट , १०५ जनाले जाडोमा न्यानो बनाउने हिटर , १५१ जनाले अईरन र ७५० जनाले आकर्षक भित्ते घडी प्राप्त गर्न सक्नेछन् ।
यस ग्राहक उपहार योजनाले सम्पूर्ण ग्राहकहरूको मन जित्न सफल रहनेछ भन्ने पूर्ण विश्वास कम्पनीको छ ।