काठमाण्डौ । सिक्लेस हाईड्रो लिमिटेडलेको लक इन समयावधि असोज महिनामा समाप्त हुने भएको छ । कम्पनीको ७३ लाख कित्ता बढी सेयरको लक इन अवधि असोज १० गते समाप्त हुन लागेको हो ।
कम्पनीको संस्थापक सेयर, स्थानिय क्षेत्रका बासिन्दाका लागि जारी गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि समाप्त हुन लागेको कम्पनीले जनाएको छ।
कम्पनीको ६५ लाख कित्ता संस्थापक सेयर, स्थानिय क्षेत्रका बासिान्दाका लागि जारी गरीएको ८ लाख ५० हजार र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँड गरिएको ३४ हजार ५०० कित्ता गरी कुल ७३ लाख ८४ हजार ५ सय कित्ता सेयरको लक इन अवधि सकिन लागेको हो ।
कम्पनीले विसं २०७९ साउन ६ गतेदेखि भदौ ५ गतेसम्म स्थानिय बासिन्दाका लागि र भदौ २९ गतेदेखि असोज २ गतेसम्म सर्वसाधारणण्कर्मचारी समेत)का लागि आईपीओ जारी गरेको थियो । उक्त आईपीओ असोज ११ गते बाँडफाँड गरिएको थियो । धितोपत्र बार्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ । यो अवधिमा यस्ता सेयरहरु बिक्री गर्न नपाइने व्यवस्था रहेको छ ।
कम्पनीको सञ्चालक समितिका पदाधिकारीहरु तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरुको हकमा भने खरिद बिक्री गर्न नपाइने कम्पनीले जनाएको छ ।