सिक्लेस हाईड्रोपावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
काठमाण्डौ । सिक्लेस हाईड्रोपावरले घोषणा गरेको बोनस सेयरका लागि कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५७३.९१ रुपैयाँ कायम भएको छ ।समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६६० रुपैयाँ थियो । आइतबारको कारोबारमा नयाँ समायोजित मूल्यका आधारमा कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुनेछ ।

