काठमाण्डौ । सिक्लेस हाईड्रोपावर लिमिटेडको अध्यक्षमा किरण केसी चयन भएका छन् । कात्तिक १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सञ्चालक केसीलाई अध्यक्ष चयन गर्ने निर्णय गरेको हो ।
यस्तै उक्त बैठकले यसअघिकी अध्यक्ष प्रेम कुमारी केसीको राजीनामा स्वीकृत गर्ने निर्णय समेत गरेको छ । उनले कात्तिक १२ गते राजीनामा पेश गरेकी थिइन् ।

