काठमाण्डौ । सिक्लेस हाईड्रोपावरले घोषणा गरेको बोनस सेयरका लागि कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५७३.९१ रुपैयाँ कायम भएको छ ।
समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६६० रुपैयाँ थियो । आइतबारको कारोबारमा नयाँ समायोजित मूल्यका आधारमा कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुनेछ ।
कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई २०८२ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १५.७८९ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

