बुधबार, असार १७,२०८३ 03:01:41
Bizshala
  • बुधबार, असार १७,२०८३ 03:01:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एनआईसी एशिया बैंकद्वारा डोटी र सिन्धुपाल्चोकका दुई विद्यालयलाई शैक्षिक सामग्री सहयोग

Laxmi Sunrise Bank Limited
एनआईसी एशिया बैंकद्वारा डोटी र सिन्धुपाल्चोकका दुई विद्यालयलाई शैक्षिक सामग्री सहयोग

काडमाण्डौ। एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व  कार्यक्रमअन्तर्गत डोटी र सिन्धुपाल्चोकका दुई सामुदायिक विद्यालयलाई शैक्षिक तथा भौतिक पूर्वाधारका सामग्री हस्तान्तरण गरेको छ।

बैंकले डोटीको केआई सिंह गाउँपालिका–४, बगरस्थित सरस्वती आधारभूत विद्यालयलाई वाटर डिस्पेन्सर र चौतारा निर्माणका लागि आवश्यक सहयोग उपलब्ध गराएको हो। उक्त विद्यालयमा प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्म अध्ययनरत ३६० भन्दा बढी विद्यार्थी छन् भने अभिभावकविहीन तथा सीमान्तकृत २१ जना विद्यार्थीलाई आवासीय सुविधा समेत प्रदान गरिँदै आएको छ। सहयोग सामग्री बैंकको दिपायल शाखाका प्रमुख रमेश ओझाले विद्यालयका प्रधानाध्यापक पदमसिंह विष्टलाई हस्तान्तरण गरेका थिए।

New Office
CG Motors
Garima Development Bank

त्यसैगरी, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२ स्थित जनजागृति माध्यमिक विद्यालयलाई एक थान ल्यापटप, तीन थान डेस्कटप कम्प्युटर तथा एक थान प्रोजेक्टर प्रदान गरिएको बैंकले जनाएको छ। प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्म अध्ययन हुने उक्त विद्यालयमा करिब ४५० विद्यार्थी अध्ययनरत छन्।

बैंकका ईएसजी एन्ड सस्टेनेबल बैंकिङ विभाग प्रमुख सोफी अधिकारी पौडेल तथा बनेपा सर्कल प्रमुख अमृतमान श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. १२ का अध्यक्ष दीपेन्द्र प्रसाद नेपाल र विद्यालयका प्रधानाध्यापक ध्रुवराज गिरीलाई संयुक्त रूपमा उक्त सामग्री हस्तान्तरण गरेका थिए।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

एनआईसी एशिया बैंकले यस प्रकारको सहयोगले विद्यार्थीहरूको अध्ययन–अध्यापन थप प्रभावकारी बन्नुका साथै गुणस्तरीय शिक्षामा प्रविधिको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.