बुधबार, असार १७,२०८३ 03:01:41
Bizshala
  • बुधबार, असार १७,२०८३ 03:01:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आइक्यानको राष्ट्रिय वित्तीय प्रतिवेदन अवार्ड : नबिल उत्कृष्ट बैंक, नेपाल लाइफ र शिखर पनि स्वर्ण विजेता

Laxmi Sunrise Bank Limited
आइक्यानको राष्ट्रिय वित्तीय प्रतिवेदन अवार्ड : नबिल उत्कृष्ट बैंक, नेपाल लाइफ र शिखर पनि स्वर्ण विजेता

काठमाण्डौ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आर्थिक वर्ष २०२५ का लागि प्रदान गरिने 'नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (NBPA) अवार्ड' वितरण गर्दै वित्तीय प्रतिवेदनमा उत्कृष्टता देखाउने बैंक, बीमा कम्पनी, वित्तीय संस्था तथा उद्योगहरूलाई सम्मान गरेको छ।

मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा वित्तीय पारदर्शिता, सुशासन, जवाफदेहिता तथा अन्तर्राष्ट्रियस्तरको प्रतिवेदन अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्यसहित विभिन्न विधामा उत्कृष्ट संस्थाहरूलाई स्वर्ण, रजत, कास्य तथा ‘सर्टिफिकेट अफ मेरिट’ प्रदान गरिएको हो।

New Office
CG Motors
Garima Development Bank

निजी वाणिज्य बैंकतर्फ नबिल बैंक स्वर्ण पुरस्कारबाट सम्मानित हुँदा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले रजत र माछापुच्छ्रे बैंकले कास्य पुरस्कार प्राप्त गरे। नेपाल एसबीआई बैंक र एभरेष्ट बैंकलाई ‘सर्टिफिकेट अफ मेरिट’ प्रदान गरिएको छ। सार्वजनिक क्षेत्रका बैंकमध्ये कृषि विकास बैंक रजत पुरस्कारबाट सम्मानित भएको छ।

विकास बैंक तथा वित्त कम्पनी समूहमा कामना सेवा विकास बैंक स्वर्ण, गरिमा विकास बैंक रजत तथा महालक्ष्मी विकास बैंक कास्य पुरस्कारका विजेता बने। मुक्तिनाथ विकास बैंक, लुम्बिनी विकास बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ‘सर्टिफिकेट अफ मेरिट’ प्राप्त गरेका छन्।

जीवन बीमा कम्पनीतर्फ नेपाल लाइफ इन्स्योरेन्सले स्वर्ण जित्दा आईएमई लाइफ इन्स्योरेन्स कास्य पुरस्कारबाट सम्मानित भयो। सन नेपाल लाइफ, सूर्यज्योति लाइफ र प्रभु महालक्ष्मी लाइफले ‘सर्टिफिकेट अफ मेरिट’ प्राप्त गरेका छन्।

निर्जीवन बीमा समूहमा शिखर इन्स्योरेन्स स्वर्ण विजेता बन्यो भने हिमालयन एभरेष्ट इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स संयुक्त रूपमा रजत तथा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कास्य पुरस्कारका हकदार बने। सगरमाथा लुम्बिनी इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सलाई ‘सर्टिफिकेट अफ मेरिट’ प्रदान गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उत्पादन तथा औद्योगिक क्षेत्रतर्फ युनिलिभर नेपालले स्वर्ण, **बोटलर्स नेपाल (तराई)**ले रजत तथा हिमालयन डिस्टिलरीले कास्य पुरस्कार जिते। बोटलर्स नेपाल लिमिटेडलाई ‘सर्टिफिकेट अफ मेरिट’ प्रदान गरिएको छ।

सञ्चार तथा सूचना प्रविधि विधामा नेपाल क्लियरिङ हाउस, ईसेवा र फोनपे पेमेन्ट सर्भिसलाई ‘सर्टिफिकेट अफ मेरिट’ प्रदान गरिएको छ भने सेवा क्षेत्रतर्फ ओरियन्टल होटल्स लिमिटेड सम्मानित भएको छ।

कर्पोरेट गभर्नेन्स विधामा नबिल बैंक र नेपाल एसबीआई बैंक तथा एकीकृत/दिगोपन प्रतिवेदन (Integrated & Sustainability Reporting) विधामा नबिल बैंकले ‘सर्टिफिकेट अफ मेरिट’ प्राप्त गरेको आइक्यानले जनाएको छ।

आइक्यानका अनुसार राष्ट्रिय स्तरमा उत्कृष्ट ठहरिएका वार्षिक वित्तीय प्रतिवेदनहरू पारदर्शिता, सुशासन र अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मापदण्डको प्रवर्द्धनका उत्कृष्ट उदाहरण मानिन्छन्। यस अवार्डका राष्ट्रिय विजेताहरूले आगामी दक्षिण एसियाली लेखापाल महासंघ (SAFA) अन्तर्गत प्रदान गरिने क्षेत्रीय वित्तीय प्रतिवेदन अवार्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसरसमेत प्राप्त गर्नेछन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.