काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १४० रुपैयाँ र बिक्रीदर १४०.६० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि अमेरिकी िडलरको यही सटहीदर कायम थियो ।
आज यूरो र पाउण्डको भाउ भने घटेको छ । यो दिन एक यूरोको खरिददर १६२.१७ रुपैयाँ र बिक्रीदर १६२.८६ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक यूरोको खरिददर १६३ रुपैयाँ र बिक्रीदर १६३.६९ रुपैयाँ कायम थियो ।
यस्तै,आज एक पाउण्डको खरिददर १८८.०३ रुपैयाँ र बिक्रीदर १८८.८४ रुपैयाँ कायम छ । अघिल्लो दिन एक पाउण्डको खरिददर १८८.७५ रुपैयाँ र बिक्रीदर १८९.५६ रुपैयाँ कायम थियो ।
आज १० जापानी येनको खरिददर ९.४५ रुपैयाँ र बिक्रीदर ९.४९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.१२ रुपैयाँ र बिक्रीदर ३८.२८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.५५ रुपैयाँ र बिक्रीदर १९.६३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३३.०६ रुपैयाँ र बिक्रीदर ३३.२० रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.४० रुपैयाँ र बिक्रीदर ३८.५७ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०१ रुपैयाँ र बिक्रीदर १०.०६ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५७.७९ रुपैयाँ र बिक्रीदर ४५९.७५ रुपैयाँ कायम भएको छ ।