सोमबार, भाद्र १६,२०८२ 05:46:56
  • सोमबार, भाद्र १६,२०८२ 05:46:56
Global IME Bank Limited

सिटी एक्सप्रेसले ल्यायो चाडपर्व लक्षित उपहार योजना, हरेक हप्ता १ लाख जित्न सकिने

Hyundai Nepal
सिटी एक्सप्रेसले ल्यायो चाडपर्व लक्षित उपहार योजना, हरेक हप्ता १ लाख जित्न सकिने
Shivam Cement

काठमाण्डौ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसँग पर्वको खुशी साट्न लगातार ९ हप्तासम्म चल्ने गरी ‘यो दशैं तिहारमा सिटी एक्सप्रेसको साथ, हरेक हप्ता १ लाख’ उपहार योजना घोषणा गरेको छ ।  

उक्त कार्यक्रममा र्चिर्चत हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपालको उपस्थिती रहेको थियो ।  

सिटी एक्सप्रेसको यो उपहार योजनाअन्तर्गत लक्की ड्र मार्फत हरेक हप्ता १ जनालाई रु १ लाख र हरेक दिन सबैलाई सिटी पे बाट क्याश ब्याक पाउने  योजना रहेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीका अनुसार यो अफर भदौ १६ गतेदेखी कार्तिक १५ गतेसम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । 

यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू हुनेछैन ।

हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ ।

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.