काठमाण्डौ । हिमालयन सेक्युरिटिज लिमिटेडले साधारण सभा डाकेको छ । कम्पनीको भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकले पाचौं वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी असोज ९ गते काठमाण्डौको कमलादीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा आव २०८१/८२ को मुनाफबाट सेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश(करसहित) प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।
यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाब, र सोही अवधिको नगद प्रवाह विवरण लगायतका संलग्न अनुसूचीमाथि छलफल गरी स्वीकृत गर्ने र आव २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु समेत पारित गरिनेछन् ।