काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्क टाइम्सका विरुद्ध १५ अर्ब डलरबराबरको मानहानीको मुद्दा दायर गरेका छन् । उनले न्यूयोर्क टाइम्सले दशकौंदेखि आफूविरुद्ध रिपोटिङ गरेका कारण मुद्दा दायर गरेको बताएका छन् ।
ट्रम्पले आफ्नो सामाजिक प्लेटफर्म ट्रुथ सोशलमा पोस्ट गर्दै न्यूयोर्क टाइम्सले आफु, आफ्नो परिवार र कारोबारका विरुद्ध दशकौंदेखि झुठा खबर फैलाएको आरोप लगाएका छन् । उनले न्यूयोर्क टाइम्सलाई र्याडिकल लेफ्ट डेमोक्रेट पार्टीको पछि लाग्ने गरेको आरोप समेत लगाएका छन् ।