शुक्रबार, श्रावण ८,२०८३ 07:25:48
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 07:25:48
Bizshala
Global IME Bank Limited

चीनमा किशोरको हर्कत: तातो सूपको भाडामा पिसाब, ४ करोड ३२ लाख क्षतिपूर्ति

चीनमा किशोरको हर्कत: तातो सूपको भाडामा पिसाब, ४ करोड ३२ लाख क्षतिपूर्ति
New Office

काठमाण्डौ । शाङ्घाइस्थित हॉटपोट चेन हैडिलाओको एक शाखामा सूपको भाँडोमा पिसाब गर्ने दुई १७ वर्षीय किशोरलाई अदालतले करिब ४ करोड ३२ लाख(भारु २ करोड ७० लाख) रुपैयाँ बराबरको जरिवाना तिर्ने सजाय सुनाएको छ।

फेब्रुअरीमा मदिरा सेवनपछि उनीहरूले यस्तो कुकर्म गरी भिडियो अनलाइन पोष्ट गरेका थिए, जसपछि घटनाले व्यापक आलोचना खेप्यो।

अदालतले कम्पनीको प्रतिष्ठा र सम्पत्तिमा धक्का पुर्‍याएको ठहर गर्दै क्षतिपूर्ति अभिभावकले नै तिर्नुपर्ने आदेश दिएको हो। क्षतिपूर्तिमा सञ्चालन तथा प्रतिष्ठागत क्षति, सफाइ र कानुनी खर्च समावेश छ।

घटनापछि हैडिलाओले ४ हजारभन्दा बढी ग्राहकलाई पूरा बिल फिर्ता र १० गुणा नगद क्षतिपूर्ति दिने घोषणा गरेको थियो।

विश्वभर १,००० भन्दा बढी शाखा रहेको हैडिलाओ उत्कृष्ट ग्राहक सेवा र पारिवारिक वातावरणका लागि परिचित छ।

-बीबीसीबाट भावानुवाद

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.