• बुधबार, आश्विन १,२०८२ 07:43:15
Global IME Bank Limited

हाथवे इन्भेष्टमेन्टको साधारण सभा सम्पन्न, ४ जना सञ्चालक निर्विरोध निर्वाचित

Hyundai Nepal
हाथवे इन्भेष्टमेन्टको साधारण सभा सम्पन्न, ४ जना सञ्चालक निर्विरोध निर्वाचित
Shivam Cement

काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा आज आम्रपाली ब्याङक्वेटमा सम्पन्न भएको हो । सभामा कम्पनीको सञ्चालक समितिले गत आवका लागि प्रस्ताव गरेको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ०.६३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित भएको छ ।  

यस्तै कम्पनीको अधिकृत, जारी र चुक्तापूँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित भएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित भएको छ ।  

यसैगरी आव २०८२/८३ को बाह्य लेखापरीक्षण कार्यका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने, र समूह(क) सेयरधनीहरुका तर्फबाट ४ जना सञ्चालकको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्तीलाई अनुमोदन गर्ने प्रस्ताव समेत पारित भएको छ । कम्पनीको सञ्चालकमा निर्विरोध निर्वाचित हुनेमा कुमार पौडेल, जयराम नेपाल, उमा विष्ट र एलिस ढकाल रहेका छन् । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.