• बुधबार, आश्विन १,२०८२ 08:34:00
Global IME Bank Limited

नयाँ सरकारपछि पूँजीबजारको अबको बाटो कस्तो ? यस्तो छ पूँजीबजारका सोधकर्ता कार्कीको विचार

Hyundai Nepal
नयाँ सरकारपछि पूँजीबजारको अबको बाटो कस्तो ? यस्तो छ पूँजीबजारका सोधकर्ता कार्कीको विचार
Shivam Cement

काठमाण्डौ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन पछि सेयर बजार बन्द अवस्थामा छ । लामो समय बन्द रहेको सेयरबजार असोज २ गतेदेखि पुनः खुल्दैछ । बदलिदो अवस्थामा बजारको अबको सम्भावना र भावी दिशा कस्तो हुने हो ? भन्नेमा लगानीकर्ताबीच निकै अन्यौलता छ ।  

नेपालको पूँजीबजारको पछिल्लो अवस्था र आगामी यात्राको विषयमा हामीले सेयर बजारको विषयमा पीएचडी गर्दै गरेका विश्लेषक हरी बहादुर कार्कीसँग कुराकानी गरेका छौं । कार्की राजधानीका विभिन्न कलेजका प्राध्यापक समेत रहेका छन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कार्कीले लामो समय पछि दशैंको मुखैमा खुलेको बजार एकदुई दिन केही दबाबमा रहन सक्ने विश्लेषण गरे । ‘विगतको संकटको अबस्थालाई नियाल्दा पनि त्यही नै देखिन्छ । चाहे त्यो कोरोनाकाल होस् वा भूकम्पको समय होस् । हरेक संकटपछि बजारले नयाँ उचाई लिएको छ । यस्तो ट्रेण्ड नेपालमा मात्रै नभएर श्रीलंका र बंगलादेश जस्ता देशमा पनि देखिएको थियो, उनले भने, ‘हरेक परिवर्तन पछि सुरुमा बिक्री दबाब पछि देशको अर्थतन्त्र बलियो हुँदै बजार सुधार हुँदै गएको देखिन्छ । संकट पछिको अर्थतन्त्रको सुधारले बजारले गति लिन्छ ।’

संकट पछि पूँजीबजारले गति लिनुको एउटै कारण अन्यत्र लगानीको वातावरण नहुनु भएको उनको ठहर छ । अर्थात सेयर बजारमा पैसाको फ्लो बढ्ने गर्छ । ‘मान्छेले छिटो रिर्टन खोज्छ । कोरोनाको समयमा पनि अन्यत्र लगानीको वाताबरण नभएको कारण नै बजार बढेको थियो,’ उनले भने ।  

नवनियुक्त अर्थमन्त्रीलाई अघिल्लो सरकारले पनि विश्वास गरेको र अर्थतन्त्र सुधारका लागि सुझाव पेश गरेका व्यक्ति समेत भएकाले सेयरबजारमा सुधार आउने अपेक्षा गर्न सकिने उनी बताउँछन् । उनी भन्छन्, ‘अहिले अर्थमन्त्री नीति निर्माण तथा कार्यान्वयन गर्ने दुवै गर्ने ठाँउमा हुनुहुन्छ । त्यसैले उहालाई काम गर्न सहज छ । यस्तै अहिले अन्यत्र लगानी गर्ने वातावरण समेत छैन । बजार पहिले नै ३ हजार विन्दुबाट धेरै घटेको कारणले गर्दा बजार अब धेरै तल जाने देखिदैन ।’  

कार्कीका अनुसार अहिले बजार घट्नुमा मूख्य कारण भनेको माग र आपूर्तिको तालमेल नमिल्नु पनि हो । अब संस्थागत लगानीकर्ता जस्तो बैंकलाई कारोबार गर्न दिनु पर्ने समेत उनको माग रहेको छ । ‘बैंकहरुले असोज महिनाका लागि ब्याजदर घटाएका छन् । इन्स्योरेन्स कम्पनीहरुलाई पनि लगानीमा सहज गर्नु पर्छ । यो बेला नियामक निकाय पनि निकै सचेत हुनु पर्छ,’ उनी भन्छन्, ‘अब धितोपत्र बोर्डको सक्रियतामा नेपाल राष्ट «बैंक तथा वित्तीय क्षेत्रलाई सेयर कारोबारमा सहज बनाउनु पर्छ । सेयर बजारमा लगानीकर्ता सचेतना कार्यक्रमलाई समेत जोड दिनु पर्छ । जसले लगानीकर्ताहरुमा परिपक्वता आउँछ ।’

कार्कीको बिचारमा सेयर बजारमा असली बुल नै आएको छैन । अहिले सबै विषय सकारात्मक रहेका छन् । पूँजीबजारमा अझै पनि केही गतल नीति रहेका छन् । जस्तो २५ करोडको सीमा रहेको छ । सेयर भेनेका एक तरल सम्पति हो । त्यस कारण यो सीमाको कुनै औचित्य नभएको उनको बुझाई छ ।  

यसलाई हटाउनु पर्ने उनको धारणा छ । ‘अब ब्रोकर साथीहरुले मार्जिन कारोबार तथा भुक्तानी प्रणालीलाई सुधार गर्नु पर्छ । किनकी पूँजीबजारको माया ब्रोकरहरुलाई नै हुन्छ । अहिले ब्याजदर निकै कम भएको अबस्था , अर्थतन्त्र बुझेको अर्थमन्त्री नियुक्त हुनु तथा लाभांशको सिजन सुरु हुनु , रियल स्टेट पनि राम्रो नचलेको कारण पनि अबको बिकल्प नै सेयर बजार हो,’ उनले भने ।  

सेयर बजार चले पछि नै अन्य अर्थतन्त्र पनि चलयमान हुने भएका कारण यसलाई राम्रो बनाउनुको विकल्प नरहेको पनि उनको बुझाई छ । अन्तर्राष्ट्रिय बजार नियाल्दा समेत अब नेपालको सेयर बजार चाँडै नै ३२ सय माथी जाने शंका गर्न नसकिने उनको तर्क छ ।  

कार्कीले सेयरबजारलाई उकास्न सबै सरोकारवाला निकाय लाग्नु पर्ने र लगानीकर्ताको हितमा ध्यान दिनुपर्नेमा जोड दिए । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.