काठमाण्डौ । विसं २०७४ असोज ६ गते सामाजिक सेवा दिवसका दिनबाट कारोवार प्रारम्भ गरेको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आठौं बार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले मुलुक भरी जम्मा १४६ कार्यालयहरु, ३६२ कर्मचारीहरु तथा ४० हजार ९७६ अभिकर्तामार्फत जीवन बीमा सेवा प्रवाह गर्दै आएको छ ।
हाल यस कम्पनीको चुक्तापूँजी रकम ५ अर्ब ३ करोड ११ लाख ६४ हजार ४०० रहेको छ । कम्पनीको जगेडा कोषमा रकम २ अर्ब २३ करोड २४ लाख ९ हजार ८०१ तथा जीवन बीमा कोषमा रकम १० अर्ब १० करोड ८७ लाख ८१ हजार ५४५ कायम छ । कम्पनीको नेट वर्थ रकम १५४.३५ रहेको छ र सो आधारमा कम्पनीको जोखिम धारण गर्ने क्षमतावृद्घि हुँदै गएको देखिन्छ ।
कम्पनीलाई आजको स्थितिमा पुर्याउनका लागि मार्गदर्शन गर्ने नियामक निकायहरु,सेवाग्राहीहरु, अभिकर्ताहरु लगायत सम्पूर्ण सरोकारवाला पक्षहरुप्रति कृतज्ञता प्रकट गर्दै आगामी दिनहरुमा अझ प्र्रभावकारी सेवा प्रदान गर्ने प्रतिवद्घता व्यक्त समेत गरेको छ ।