काठमाण्डौ । नेपाली बजारमा सुन–चाँदीको मूल्यले आइतबार फेरि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७०० रुपैयाँले उक्लिएर दुई लाख २३ हजार २०० रुपैयाँमा पुगेको छ, जुन हालसम्मकै उच्च स्तर हो।
यसअघि असोज ८ गते सुन प्रतितोला दुई लाख २३ हजार रुपैयाँमा कारोबार भएको थियो। गत शुक्रबार भने प्रतितोला दुई लाख २२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्यमा पनि उछाल देखिएको छ। आज प्रतितोला दुई हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ, जुन शुक्रबारको तुलनामा ७० रुपैयाँले बढी हो। शुक्रबार चाँदीको मूल्य दुई हजार ७४० रुपैयाँमा सीमित थियो।