काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४१.७४ रुपैयाँ र बिक्रीदर १४२.३४ रुपैयाँ कायम भएको छ ।
यस्तै, आज एक यूरोको खरिददर १६६.३४ रुपैयाँ र बिक्रीदर १६७.०४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १९०.६० रुपैयाँ र बिक्रीदर १९१.४१ रुपैयाँ कायम भएको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९३.६० रुपैयाँ र बिक्रीदर ९३.९९ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.६२ रुपैयाँ र बिक्रीदर ९.६६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.५९ रुपैयाँ र बिक्रीदर ३८.७६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.९१ रुपैयाँ र बिक्रीदर १९.९९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३३.६८ रुपैयाँ र बिक्रीदर ३३.८३ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.८९ रुपैयाँ र बिक्रीदर ३९.०५ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०८ रुपैयाँ र बिक्रीदर १०.१३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४६३.३८ रुपैयाँ र बिक्रीदर ४६५.३४ रुपैयाँ कायम भएको छ ।