काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर १ देखि अमेरिका आउने सबै मध्यम र ठूला ट्रकमा २५ प्रतिशत कर लाग्ने बताएका छन् । ट्रम्पले सोमबार ट्रुथ सोसलमार्फत यो घोषणा गरेका हुन् । ट्रम्पले आफ्नो पोस्टमा कुनै पनि देशको उल्लेख गरेनन्, तर उनले भनेका छन् कि ‘अन्य देशबाट अमेरिका आउने ट्रकहरूमा शुल्क लाग्नेछ ।’
उनले लेखेका छन्, ‘नोभेम्बर १, २०२५ देखि अन्य देशबाट अमेरिका आउने सबै मझौला र ठूला ट्रकमा २५ प्रतिशत ट्यारिफ लगाइनेछ।’ आफ्नो दोस्रो कार्यकालमा राष्ट्रपति ट्रम्पले अमेरिकाको व्यापार नीतिमा परिवर्तन गरेका छन् । अप्रिल महिनामा उनले सबै देशमा १० प्रतिशत महशुल लगाएका थिए भने कतिपय मुलुकले बढी महशुल लगाएका थिए ।
हाल ट्रम्पले भारतमा कुल ५० प्रतिशत कर लगाएका छन् । यसअघि उनले २५ प्रतिशत महसुल घोषणा गरेका थिए । तर केही दिनपछि ट्रम्पले रुसबाट तेल खरिद गर्दा भारतमा थप २५ प्रतिशत कर लगाउने घोषणा गरे ।