काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४५.३६ अंकले घटेर २५५९.५९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३३५ कम्पनीको १ करोड ३७ लाख ४९ हजार ५०४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७६ करोड रुपैयाँ माथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह १.६४ प्रतिशत र निर्जीवन बीमा समूह २.०६ प्रतिशतले घटेको छ । आज सगरमाथा लुम्बिनी इन्स्योरेन्स बाहेक सबै बीमा कम्पनीको सेयरभाउ घटेको छ । सलिकोको सेयरभाउ ०.३३ प्रतिशतले बढेर ६१२ रुपैयाँ पुगेको छ ।
त्यस्तै, आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा प्रभु इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ६.१२ प्रतिशतले घटेर ६४४ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, हिमालयन एभरेष्टको २.९६ प्रतिशत, आइजीआई प्रुडेन्सियलको २.७५ प्रतिशत, नेपाल इन्स्योरेन्सको २.०८ प्रतिशत, नेको इन्स्योरेन्सको २.३३ प्रतिशत, एनएलजीको ०.९५ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको २.६५ प्रतिशत, आरबीसीएलको ०.८७ प्रतिशत, सानिमा जिआइसीको २.७१ प्रतिशत, शिखरको २ प्रतिशत, सिद्धार्थ प्रिमियरको २.८२ प्रतिशत र युनाइटेड अजोडको २.८३ प्रतिशतले घटेको छ ।
यसका साथै एशियन लाइफको २.६६ प्रतिशत, सिटिजन लाइफको १.५६ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको १.३९ प्रतिशत, गार्डियन माइक्रो लाइफको १.५२ प्रतिशत, हिमालयन लाइफको २.०९ प्रतिशत, आइएमई लाइफको १.७२ प्रतिशत, एलआइसी नेपालको २.२७ प्रतिशत, नेपाल लाइफको १.५२ प्रतिशत, नेशनल लाइफको १.५५ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.५५ प्रतिशत, सूर्यज्योति लाइफको २.८३ प्रतिशत, सन नेपाल लाइफको १.३५ प्रतिशत र सानिमा रिलायन्स लाइफको १.४६ प्रतिशतले घटेको छ ।
यता पुनर्बीमातर्फ हिमालयन रि को सेयरभाउ २.०८ प्रतिशतले घटेर ८०४ रुपैयाँ र नेपाल रि को सेयरभाउ १ प्रतिशतले घटेर १३०७ रुपैयाँ कायम भएको छ ।