काठमाण्डौ । गृह मन्त्रालयले दुई पूर्वप्रधानमन्त्रीले मापदण्डभन्दा बढी राखेका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेको छ। बिहीबार जारी निर्णय अनुसार, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र केपी शर्मा ओलीले मापदण्डभन्दा बढी राखेका सुरक्षाकर्मीहरू हटाइने भएका छन्।
कति सुरक्षाकर्मी फिर्ता हुँदैछन्?
गृह मन्त्रालयका एक अधिकारीका अनुसार, दाहालले मापदण्डभन्दा ३४ जना बढी सुरक्षाकर्मी राखेका थिए भने ओलीले २७ जना बढी राखेका थिए।
यही निर्णयअनुसार गृहबाट मापदण्डभन्दा बढी राखिएका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय तत्कालै लागू गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन पठाउने तयारी समेत भइरहेको छ ।
सरकारले पूर्वप्रधानमन्त्रीको सुरक्षामा नेपाल प्रहरी र सशस्त्रका अलग-अलग टोली खटाउने गरेको छ। तर यस पटक गृह मन्त्रालयले मापदण्ड उल्लंघन भएकाहरूमाथि सिधा कदम चाल्ने निर्णय गरेको हो।