काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४१.६० रुपैयाँ र बिक्रीदर १४२.२० रुपैयाँ कायम भएको छ ।
यस्तै, आज एक यूरोको खरिददर १६४.५४ रुपैयाँ र बिक्रीदर १६५.२४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १८९.१७ रुपैयाँ र बिक्रीदर १८९.९७ रुपैयाँ कायम भएको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९१.६४ रुपैयाँ र बिक्रीदर ९२.०३ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.३७ रुपैयाँ र बिक्रीदर ९.४१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.५६ रुपैयाँ र बिक्रीदर ३८.७२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.८४ रुपैयाँ र बिक्रीदर १९.९३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३३.५१ रुपैयाँ र बिक्रीदर ३३.६६ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.८५ रुपैयाँ र बिक्रीदर ३९.०१ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९१ रुपैयाँ र बिक्रीदर ९.९५ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४६१.८० रुपैयाँ र बिक्रीदर ४६३.७६ रुपैयाँ कायम भएको छ ।