काठमाण्डौ । चालु आवको दुई महिनामै ३ खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्ममा रेमिट्यान्स ३३.१ प्रतिशतले वृद्धि भएको छ ।
गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह १५.८ प्रतिशतले बढेको थियो । केन्द्रीय बैंकका अनुसार भदौ महिनाको मात्रै विप्रेषण आप्रवाह १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब २७ अर्ब ९९ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ९० हजार १९८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४५ हजार ८८४ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ७६ हजार ४८५ र ४० हजार ५८३ रहेको थियो ।