बिहीबार, असार १८,२०८३ 03:06:56
Bizshala
  • बिहीबार, असार १८,२०८३ 03:06:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

श्रीनगर एग्रीटेकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Laxmi Sunrise Bank Limited
श्रीनगर एग्रीटेकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आम सर्वसाधारणका लागि गत असोज २६ आईपीओ जारी गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि २५ करोड १० लाख ४९ हजार ३ सय रुपैयाँबराबरको रु। १०० अंकित दरका २५ लाख १० हजार ४९३ कित्ता सेयर जारी गरेको छ ।  

कम्पनीले सामूहिक लगानी कोषका लागि १ लाख ५४ हजार ९६९ कित्ता र कर्मचारीहरुका लागि १ लाख २३ हजार ९७५ कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  

New Office
CG Motors
Garima Development Bank

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।  

यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।  

कम्पनीले पहिलो चरणअन्तर्गत उद्योग प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका लागि यसअघि आईपीओ जारी गरिसकेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.