काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १८.४० अंकले घटेर २४८७.१७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३११ कम्पनीको ७६ लाख ४३ हजार ६३५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.८९ प्रतिशत र निर्जीवन बीमा समूह ०.५३ प्रतिशतले घटेको छ । बीमा समूहहरु घट्दा आज ४ बीमाा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ३.७९ प्रतिशतले घटेर ६०२ रुपैयाँ पुगेको छ ।
त्यस्तै, नेपाल माइक्रो इन्स्योरेन्सको १.५४ प्रतिशत, आरबीसीएलको ०.८६ प्रतिशत र आइएमई लाइफको ०.६४ प्रतिशतले बढेको छ । आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने नेपाल पुनर्बीमा कम्पनी रहेको छ । कम्पनीको सेयरभाउ ४.२१ प्रतिशतले घटेर १२५० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, हिमालयन रि को २.७६ प्रतिशत, हिमालयन एभरेष्टको १.९१ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.२५ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.३० प्रतिशत, नेको इन्स्योरेन्सको ०.८५ प्रतिशत, एनएलजीको १.५१ प्रतिशत, प्रभुको ०.६० प्रतिशत, सानिमा जिआइसीको १.९२ प्रतिशत, शिखरको १.२० प्रतिशत, सिद्धार्थ प्रिमियरको ३.७९ प्रतिशत र युनाइटेड अजोडको १.४२ प्रतिशतले घटेको छ ।
यसका साथै आइएमई लाइफको १.०९ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ४.१९ प्रतिशत, गार्डियन माइक्रो लाइफको ०.८१ प्रतिशत, हिमालयन लाइफको २.४२ प्रतिशत, एलआइसी नेपालको ०.७५ प्रतिशत, नेपाल लाइफको ०.४४ प्रतिशत, नेशनल लाइफको ०.३४ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.४६ प्रतिशत, रिलायबल नेपाल लाइफको १.१३ प्रतिशत, सूर्यज्योति लाइफको ०.४९ प्रतिशत, सन नेपाल लाइफको १.०४ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.०३ प्रतिशतले घटेको छ ।