काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडको सेयरमूल्य समायोजना भएको छ । बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।
नेप्सेमा भएको समायोजनपश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता ३८३.६० रुपैयाँ कायम भएको छ ।
समायोजन हुनुअघि बैंकको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ४३५.५० रुपैयाँ कायम थियो । आइतबारको कारोबारदेखि दोस्रो बजारमा बैंकको सेयरमूल्य यही मूल्यका आधारमा कारोबारमा आउनेछ ।
बैंकले गत आवका लागि १३.५३ प्रतिशत बोनस सेयर र ४.६७ प्रतिशत नगद लाभांश(बोनस सेयर तथा नगद लाभाशको करसहित)गरी कुल १८.२० प्रतिशत लाभांश घोषणा गरेको छ ।
बैंकले लाभांश पारितको मुख्य अजेण्डासहित कात्तिक १५ गते १९ औं साधारण सभा आयोजना गर्दैछ । उक्त सभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई लाभांश वितरण गरिनेछ ।