काठमाण्डौ । सानिमा बैंक लिमिटेडले २१ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकले कार्तिक २ गते आइतबारका उक्त सभा सम्पन्न गरेको हो ।
बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्तापँुजीको ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । संस्थापक सेयरधनीहरुको तर्फबाट तुक प्रसाद पौडेल, बलराम पराजुली र निशा कुम्पाख साधारण सभाबाट निर्बिरोध निर्वाचित भएका छन् ।
आर्थिक बर्ष २०८१/८२ मा रु. २.५७ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. २६३.५५ अर्ब, कुल निक्षेप रु. २२५.४८ अर्ब तथा खुद कर्जा सापटी रु १८३.४५ अर्ब रहेको छ । आर्थिक वर्ष २०८०/८१ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः१३.०९, ११.२२ र १२.७०प्रतिशतले बृद्धि गरेको छ ।
बैंकको वित्तीय परिसूचक (असार मसान्त२०८२)
निष्क्रियकर्जा: ३.०१%
पुँजीकोष: १३.०१%
तरलता: ३०.९५%
कर्जा निक्षेप अनुपात (मासिकऔसत) :८१.०३ %