काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडको वित्त खर्च घटेसँगै नाफामा सामान्य सुधार आएको छ । कम्पनीले आज सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनी समीक्षा अवधिमा ५ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।
यो रकम गत आवको सोही अवधिको तुलनामा २२.१९ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनीले ४ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानी केही घटेको छ । कम्पनीको विद्युत बिक्री आम्दानी ८ करोड २३ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीको विद्युत बिक्री आम्दानी ८ करोड २७ लाख रहेको थियो ।
यस्तै कम्पनीको वित्त खर्च घटेको छ । अघिल्लो आवमा २ करोड १२ लाख रहेको वित्त खर्च घटेर १ करोड ३ लाखमा सीमित बनेको छ । कम्पनीको प्रशासनिक खर्च ७ लाखबाट बढेर १० लाख बढी पुगेको छ ।
कम्पनीको चुक्तापूँजी ८० करोड रहेको छ । पहिलो त्रैमाससम्म कम्पनीले ३६ करोड ५२ लाख रुपैयाँ दीर्घकालिन कर्जा लिएको छ । कम्पनीको कुल चालु सम्पत्ति १३ करोड ३१ लाख र कुल चालु दायित्व ५ करोड १६ लाख रुपैयाँ छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२८.१२ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ ९९.६१ रुपैयाँ,मूल्य आम्दानी अनुपात ९.९९ गुणा र तरलता अनुपात २.५८ प्रतिशत कायम छ ।

