आईतवार, श्रावण १०,२०८३ 05:31:02
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 05:31:02
Bizshala
Global IME Bank Limited

ट्रम्पको दाबी, ‘इरान अमेरिकासँग सम्झौता गर्न चाहन्छ’

ट्रम्पको दाबी,  ‘इरान अमेरिकासँग सम्झौता गर्न चाहन्छ’
New Office

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग सम्झौता गर्न चाहेको दाबी गरेका छन् । सीबीएस न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले भने, ‘अवश्य पनि उनीहरूले त्यसो भन्दैनन् र उनीहरूले त्यसो भन्नु हुँदैन। कुनै राम्रो वार्ताकारले त्यसो भन्न सक्दैन। तर इरान सम्झौता गर्न निकै उत्सुक छ।’

हालैका दिनहरूमा इरान र अमेरिकाबीच पुनः वार्ता सुरु हुने सम्भावनाका बारेमा समाचार आएको छ ।

इरान सरकारकी प्रवक्ता फातिमा मोहजेरानीले आइतवार परराष्ट्र मन्त्रालयले अमेरिकासँगको नयाँ वार्तामा ओमानको मध्यस्थताबारे सन्देश प्राप्त गरेको बताइन्।

ओमानका विदेशमन्त्री बद्र अल–बुसैदीले पनि शनिबार ‘हामी इरान र अमेरिकाबीचको वार्ता पुनः सुरु होस् भन्ने चाहन्छौँ’ भनेका छन् ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकीले सोमबार भने, ‘हालका दिनहरूमा अमेरिकाबाट कुनै सन्देश आएको छैन र हामी हाम्रो अधिकार जोगाउन नसक्ने कुनै पनि वार्तामा भाग लिने छैनौं।’  

यसअघि इरानका विदेशमन्त्री अब्बास अराघचीले अल जजिरालाई दिएको अन्तर्वार्तामा इरानले वार्ताका लागि हतार नगरेको बताएका थिए ।  

इरान र अमेरिकाबीच पाँच चरणको वार्ता भएको थियो तर १२ दिने युद्धमा इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि तेहरानले अमेरिकासँगको वार्ता रद्द गरेको थियो ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.