बुधबार, असार १७,२०८३ 10:15:12
Bizshala
  • बुधबार, असार १७,२०८३ 10:15:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

धितोपत्र बोर्डको सञ्चालक समितिको बैठक सकियो, के भयो निर्णय ?

Laxmi Sunrise Bank Limited
धितोपत्र बोर्डको सञ्चालक समितिको बैठक सकियो, के भयो निर्णय ?

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)को सञ्चालक समितिको बैठक भर्खरै सकिएको छ ।  

अर्थ मन्त्रालयमा बसेको बैठकले आइतबार बिहान कर्मचारीसँग भएको सहमतिलाई आधिकारिता दिंदै औपचारिक निर्णय गरेको छ।  

बैठकले अर्थ मन्त्रालयले सेबोनको कर्मचारी कल्याणकोष र सुरक्षणकोष खारेजीका लागि असोज २ गते पठाएको पत्र(निर्देशन)मा पुनर्विचारका लागि आवश्यक अध्ययन गर्ने उद्देश्यले एक कमिटी बनाउने निर्णय गरेको छ।

New Office
CG Motors
Garima Development Bank

कमिटी कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव तथा सेबोनका सञ्चालक विनोदकुमार भट्टराईको संयोजकत्वमा बनेको हो । सदस्यको रुपमा चार्टर्ड अकाउन्टेन्ट आनन्दराज शर्मा वाग्ले र सेबोनका कार्यकारी निर्देशन विनयदेव आचार्य चुनिएका छन् ।  

यो समितिले अर्थ मन्त्रालयबाट असोज २ गते आएको पत्रको सन्दर्भमा आवश्यक अध्ययन तथा कानूनी पक्षको समेत विश्लेषण गरी तीन दिनभित्र आफ्नो प्रतिवेदन रायसहित उपलब्ध गराउने म्याण्डेट तोकिएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समिति बन्ने भएसँगै सेबोनका कर्मचारीहरुले लामो समयदेखिको आन्दोलन फिर्ता लिएका छन् । तर, आफ्ना माग सम्बोधन नभएसम्म भोलिदेखि दैनिक एकघण्टाको दरले धर्ना भने खबरदारीको रुपमा जारी नै रहनेछ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.