काठमाण्डौ । अमेरिकामा सरकारी शटडाउन अन्त्य गर्ने उद्देश्यले भएको सम्झौता सिनेटबाट पारित भएपछि यो गतिरोध अन्त्यको बाटो खुलेको छ । केही डेमोक्र्याटहरू रिपब्लिकन नेताहरूसँग सामेल भए र वाशिंगटनमा सप्ताहन्तको वार्तापछि सम्झौताको पक्षमा मतदान गरेका हुन्।
यो सम्झौताले संघीय कर्मचारी र सेवाहरूको पुनर्स्थापना अघि धेरै चरणहरू पार गर्नुपर्नेछ। जसमा प्रतिनिधि सभाको मतदान पनि समावेश छ। तर चालीस दिनको गतिरोधपछि मुद्दामा प्रगतिको यो पहिलो गम्भीर संकेत हो । हालको शटडाउन अमेरिकी इतिहासमा सबैभन्दा लामो हो।
यस सप्ताहन्तसम्म, यस्तो देखिन्थ्यो कि रिपब्लिकन र डेमोक्र्याटिक सांसदहरू पूर्ण गतिरोधमा फसेका थिए। तर अब शटडाउन अन्त्य गर्ने बाटो खुलेको छ ।
शटडाउनका कारण अक्टोबरदेखि कैयौं सरकारी सेवा ठप्प छन् र करिब १४ लाख संघीय कर्मचारी तलबविना विदामा छन् वा विना तलब काम गरिरहेका छन् ।
अमेरिकामा अन्तिम शटडाउन डिसेम्बर २२ डिसेम्बर २०१८ मा सुरु भएको थियो र यो २५ जनवरी २०१९ सम्म अर्थात ३५ दिनसम्म चलेको थियो। यो अमेरिकी इतिहासमा सबैभन्दा लामो सटटडाउन थियो। जसका कारण अमेरिकी अर्थतन्त्रलाई ३ अर्ब डलरको नोक्सानी भएको थियो ।
अमेरिकी सरकारलाई आफ्नो खर्च पूरा गर्न कोष चाहिन्छ। यो कोष ऋण लिएर खर्च गरिन्छ। यसका लागि अमेरिकी संसद् हाउस अफ रिप्रिजेन्टेटिभमा एउटा विधेयक ल्याइन्छ । तर यसपटक कोष विधेयक संसदबाट अनुमोदन नहुँदा अक्टोबर १ देखि अमेरिका शटडाउनमा छ ।
शटडाउनका कारण विशेषगरी साना व्यवसायीले ट्याक्स क्रेडिट तिर्न पाउन सकेका छैनन्, जसका कारण व्यवसाय ठप्प छ । यससँगै संघीय सरकारका लाखौं कर्मचारीले तलब नपाउँदा आफ्नो बचत खर्च गर्न छाडेका छन् ।

