काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले किर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई सम्मान गरेको छ ।
बैंकसँग स्थापनाकाल देखि नै निरन्तर सहयात्रा’ गर्दै शेर्पाले ३१ औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणको क्रममा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानरसहित उच्च शिखरमा पुग्न सफल भएकोमा बैंकले कार्तिक २३ गते सम्मान गरेको हो ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले उनको उत्तरोत्तर प्रगतिको कामनासहित सम्मान गरे । शेर्पा बिगत दुई दशकदेखि लुम्बिनी विकास बैंकमा ‘निरन्तर सहयात्री’बनी आबद्घ छन् । उनको यो किर्तिमानी आरोहण आफ्नो लागि मात्र नभएर आफ्नो परिवार, शेर्पा समाजतथा सम्पूर्ण नेपालको लागि आपूmले ३१ औं पटक आरोहण गरेको जानकारी दिए ।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेको छ ।

