काठमाण्डौ । सान्भि इनर्जी लिमिटेडको लक इन समयावधि मंसिरमा समाप्त हुने भएको छ । कम्पनीले सामुहिक लगानी कोषका लागि छुट्टाइएको ५ प्रतिशत अर्थात १ लाख ४५ हजार ५ सय कित्ता सेयरको लक इन अवधि मंसिर २५ गते समाप्त हु्ने भएको हो ।
सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिएको सेयर बाँडफाँड गरिएको मितिले ६ महिनासम्म लक इनमा राख्नुपर्ने प्रावधान रहेको छ । कम्पनीले २०८२ जेठ ९ गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । उक्त आईपीओ बाँडफाँड जेठ २६ गते भएको थियो ।

