काठमाण्डौ । जापानको सफ्ट बैंकले अमेरिकी टेक कम्पनी एनभिडियामा रहेको आफ्नो सम्पूर्ण स्वामित्व बिक्री गर्ने घोषणा गरेसँगै कम्पनीको सेयरमूल्यमा व्यापक गिरावट आएको छ । बुधबारको कारोबारमा कम्पनीको सेयरमूल्य करिब १० प्रतिशतले घट्यो ।
कम्पनीले एनभिडियामा रहेको आफ्नो सम्पूर्ण स्वामित्व ५.८३ अर्ब डलरमा बिक्री गर्ने घोषणा गरेको छ । यसबाट प्राप्त रकम कम्पनीले च्याट जीपीटीको माउ कम्पनी ओपन एआईमा रहेको २२.५ अर्ब डलरबराबरको लगानी योजनामा खर्च गर्नेछ ।
सफ्ट बैंकले सार्वजनिक गरेको वित्तीय प्रतिवेदन अनुसार कम्पनीले अक्टोबर महिनामा एनभिडियाको ३२.१ मिलियन सेयर बिक्री गरेको छ । यस्तै कम्पनीले टी–मोबाइलमा रहेको आफ्नो स्वामित्व घटाउँदै ९.१७ अर्ब डलर संकलन गरेको छ ।

