काठमाण्डौ । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित बन्ने प्रक्षेपण गरेको छ । विश्व बैंकले नेपाल डेभलपमेन्ट अपडेट प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित बन्ने प्रक्षेपण गरेको हो ।
गत भदौ २३ र २४ को जेनजी आन्दोलन र त्यसपश्चात् सिर्जना भएको राजनैतिक अस्थिरताका कारण सन् २०२५ मा ४.६ प्रतिशत रहने आर्थिक वृद्धिदर घटेर सन् २०२६ मा २.१ प्रतिशतमा सीमित बन्ने विश्व बैंकले जनाएको छ ।
त्यसपछिको दुई आवमा भने पुनर्निर्माणका कामका कारण आर्थिक वृद्धिदर ४.७ प्रतिशतसम्म पुग्ने विश्व बैंकको अनुमान छ । यद्यपी यो प्रक्षेपण अनिश्चित रहेको विश्व बैंकको भनाई छ ।
विश्व बैंकका अनुसार राजनैतिक परिवर्तनको सफलता र दिगो सुदृढ आर्थिक व्यवस्थापनको प्रत्याभूतिले लगानीकर्तालाई प्रोत्साहित हुन सके आर्थिक सुधारमा गतिशिलता आउने छ ।
विश्व बैंकले सबैभन्दा बढी सेवा क्षेत्र प्रभावित हुने समेत जनाएको छ ।

