काठमाण्डौ । न्यादी हाईड्रोपावर लिमिटेडको घाटा झनै बढेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ७६ लाख ९७ हजार रुपैयाँबराबरको घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीको घाटा ७५ करोड ७५ लाख रुपैयाँ थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानी १९.५८ प्रतिशतले घटेको छ । पहिलो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत १७ करोड ३ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने यस्तो रकम २१ करोड १९ लाख थियो । कम्पनीले ३ लाख २९ हजार रुपैयाँबराबरको वित्त आम्दानी समेत गरेको छ । कम्पनीको परियोजना सञ्चालन खर्च ७ करोड ४५ लाख रुपैयाँ र प्रशासनिक खर्च ७९ लाख ११ हजार रुपैयाँ रहेको छ ।
यस्तै कम्पनीको वित्त खर्च घटेको छ । अघिल्लो आवमा १४ करोड २४ लाख रहेको वित्त खर्च घटेर ९ करोड ५७ लाखमा सीमित बनेको छ ।
कम्पनीको चुक्तापूँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति १५ करोड ८१ लाख र कुल चालु दायित्व २३ करोड ७१ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ०.५१ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ ६७.४९ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७६.९४ गुणा कायम भएको छ ।

