काठमाण्डौ । केही दिन बढेको सुनको मूल्यमा फेरि पहिरो गएको छ ।
अन्तर्राष्ट्रिय मिडियाहरुकाअनुसार सुनको मूल्य केही घण्टाको अन्तरालमा प्रति औंस झण्डै ३ प्रतिशतले घटेको हो ।
प्रति औंस ११७ डलरको सुनको मूल्य घटेर ४ हजार ७० को हाराहारीमा सीमित बन्न पुगेको हो ।
विगत केही साताको अवधिमा सुनको मूल्यमा भएको यो गिरावट निकै ठूलो हो । किनभने महिना दिनअघि उतारचढावमा अलमलिएको सुनको मूल्य केही दिनसम्म भने स्थिर भएको थियो । त्यसपछि ३९०० डलर प्रतिऔंसमा झरेको मूल्य बढेर ४२०० डलर माथि पुगे पनि पुनः झर्न थालेको हो ।
सुनसँगै चाँदीको मूल्यमा पनि ४.३६ प्रतिशतको गिरावट आएको छ । गिरावटपछि अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔंस ५०.९१ डलरमा सीमित बन्न पुगेको छ ।

