काठमाण्डौ । विद्युत बिक्री आम्दानी घटेपनि अरुण काबेली पावर लिमिटेड घाटाबाट बाहिरिदै नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ४ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ९ करोड ६४ लाख रुपैयाँ घाटामा थियो ।
कम्पनीले यो अवधिसम्म विद्युत बिक्रीमार्फत १९ करोड ४२ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ९.३४ प्रतिशतले कम हो । अघिल्लो आवमा भने कम्पनीले विद्युत बिक्रीमार्फत २१ करोड ४३ लाख रुपैयाँ कमाएको थियो । यो अवधिमा कम्पनीको खर्च बढेको छ । अघिल्लो आवमा ९ करोड ५७ लाख रुपैयाँ रहेको कम्पनीको कुल खर्च १२ करोड ६० लाख पुगेको छ ।
३ अर्ब ८९ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति ५६ करोड ५८ लाख र कुल चालु दायित्व १८ करोड ८८ लाख रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ५.९६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०१.२१ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६५.२५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३९.४६ गुणा रहेको छ ।

