सोमबार, श्रावण १८,२०८३ 08:15:09
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 08:15:09
Bizshala
Global IME Bank Limited

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय, मानवता विरुद्धको अपराधमा दोषी ठहर

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय, मानवता विरुद्धको अपराधमा दोषी ठहर
New Office

काठमाण्डौ । बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ । शेख हसिनालाई गत वर्ष जुलाई(अगस्टमा विद्रोहका क्रममा मानवता विरुद्धको अपराधको अभियोग लगाइएको थियो। भारतमा निर्वासित जीवन बिताएकी शेख हसिनाविरुद्ध उनको अनुपस्थितिमा मुद्दा चलाइएको थियो ।

शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाउनेबित्तिकै अदालतभित्र र बाहिर धेरैले उत्सव मनाएको बीबीसीले जनाएको छ । ४५३ पृष्ठको फैसला पढ्नुअघि न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजुमदारले ६ भागमा सुनाइने बताएका थिए ।

निर्णयको घोषणा बंगलादेश टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो। अभियोजकहरूले जुनमा बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणमा शेख हसिनासहित तीन जनाविरुद्ध आधिकारिक रूपमा पाँचवटा आरोप दायर गरेका थिए।  

त्यसैको आधारमा न्यायाधिकरणले शेख हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमलविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको थियो । गत वर्ष बंगलादेशमा सरकार विरोधी प्रदर्शनका क्रममा धेरै हिंसात्मक घटनाहरू भएका थिए। तत्कालीन प्रधानमन्त्री शेख हसिनामाथि मानवता विरोधी अपराधमा हात रहेको आरोप लगाइएको थियो ।

यस आन्दोलनका कारण शेख हसिनाले सत्ता गुमाउनुपरेको थियो र अगस्ट २०२४ मा देश छोडेर भाग्नुपरेको थियो, त्यसयता उनी भारतमा बस्दै आएकी छिन् ।

शेख हसिनासहित तीन जनालाई रंगपुरको बेगम रोकेया विश्वविद्यालयका विद्यार्थी अबु सईदको अकारण हत्या र राजधानीको चाँखार ब्रिजमा ६ जनाको हत्या गरेको आरोप लागेको थियो ।

यसबाहेक गत साउन ५ गते बंगलादेश छाड्नुपरेको दिन आशुलियामा पाँच जनाको गोली हानी हत्या, शव जलाएको र एक जनालाई जिउँदै जलाएको आरोप पनि उनीमाथि लागेको थियो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.