सोमबार, श्रावण १८,२०८३ 08:15:09
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 08:15:09
Bizshala
Global IME Bank Limited

बंगलादेशले भन्यो, ‘भारतले तत्काल शेख हसिनालाई सुपुर्दगी गरोस्’

बंगलादेशले भन्यो, ‘भारतले तत्काल शेख हसिनालाई सुपुर्दगी गरोस्’
New Office

काठमाण्डौ । बंगलादेशले शेख हसिना र असदुज्जमान खान कमललाई सुपुर्दगी गर्न माग गरेको छ । दुवै जना अहिले भारतमा बस्दै आएका छन् ।

बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणले पूर्वप्रधानमन्त्री शेख हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमल दुवैलाई मृत्युदण्डको सजाय सुनाएको छ ।

यो निर्णयपछि सोमबार बंगलादेशको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरेको हो । जसमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय फौजदारी अदालतको फैसलामा भगोड़ा शेख हसिना र असदुज्जमान खान कमल दोषी ठहर भएका छन् । मानवता विरुद्धको अपराधमा दोषी ठहर भएका यी व्यक्तिहरूलाई कुनै पनि देशले शरण दियो भने त्यो अमित्र व्यवहार र न्यायको अवहेलनाको गम्भीर कार्य हुनेछ।’

बंगलादेशले यसअघि पनि शेख हसिनालाई फिर्ता पठाउन औपचारिक रूपमा धेरै पटक पत्र पठाएको छ। तर, भारतले उक्त निवेदनमा कुनै प्रतिक्रिया दिएको छैन ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.