आईतवार, श्रावण ३,२०८३ 08:55:54
Bizshala
  • आईतवार, श्रावण ३,२०८३ 08:55:54
Bizshala
Global IME Bank Limited

हिन्दी थ्रिलर मुभी बिर्साउने सन्दीप जलानको धन्दा: एनआरएनको इन्साइडर ट्रेडिङका मास्टरमाइण्ड

हिन्दी थ्रिलर मुभी बिर्साउने सन्दीप जलानको धन्दा: एनआरएनको इन्साइडर ट्रेडिङका मास्टरमाइण्ड
New Office

काठमाण्डौ । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमीटेड(एनआरएन)को सेयरमूल्यमा भएको योजनाबद्ध चलखेल र इन्साइडर ट्रेडिङको धन्दामा नेपाली सेयर बजारका विवादास्पद ब्रोकर सन्दीप जलान नेतृत्वको समूह नै संलग्न रहेको अनुसन्धानका क्रममा खुलेको छ ।  

सेबोनले गरिरहेको अनुसन्धानमा संलग्न एक अधिकारीकाअनुसार एनआरएनमा भएको इन्साइडर ट्रेडिङमा सुनियोजित र निकै चलाख्याईपूर्ण ढंगले सेयर बजारमा विभिन्न कम्पनी(चिलिमे, नेशनल, सानिमा माई हाइड्रो लगायत)को नक्कली सेयर प्रमाणपत्र जारी गरी करोडौं कमाएका र पछि सर्वोच्च अदालतबाटै दोषी करार भएका सेयर ब्रोकर सन्दीप जलान नेतृत्वको समूह नै संलग्न रहेको पाइएको हो।

यो विषयलाई विभिन्न कोणबाट विश्लेषण गर्ने र विभिन्न आधार तथा प्रमाणहरु केलाउने काम हाल भइरहेको छ । यसपटक एनआरएनको इन्साइडर ट्रेडिङमा संलग्न कुनै पनि पात्रलाई नछाड्ने अध्यक्ष सन्तोषनारायण श्रेष्ठको कडा निर्देशनपछि उच्च मनोबलसहित छानबिन समितिले काम गरिरहेको छ । एनआरएन मात्र नभई जलान नेतृत्वको निकै ठूलो समूहले सेयर बजारमा अनैतिक कारोबार, मूल्य बढाउने खेल, ग्रुप कारोबार तथा अन्य कानूनले बर्जित गरेका कारोबार गर्दै आएको थप उजुरीहरु समेत अघिल्लो साता परेकोले त्यसलाई आधार बनाएर समेत अनुसन्धान भइरहेको स्रोतको भनाई छ ।

त्यसो त अघिल्लो बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएको एउटा छलफलमा सम्पत्ति शुद्धिकरण तथा गैरकानूनी धन्दामाथि कडा नियमनका लागि सबै नियामक निकायका प्रमुख भेला भएका थिए । त्यहाँ अख्तियार प्रमुख प्रेमकुमार राईले धितोपत्र बोर्डलाई पनि यसअघि अनुसन्धान गरी थन्क्याइएका प्रतिवेदन कार्यान्वयनमा ल्याउन र हाल भइरहेका अनुसन्धानहरुलाई समेत स्पष्ट र पारदर्शी ढंगले निश्कर्षमा पुर्याउन कडा निर्देशन दिएका थिए । अख्तियारले एफटिटिएचको ग्रे लिस्टबाट मुलुकलाई बाहिर निकाल्न समेत नियामक निकायहरुले गैरकानूनी धन्दा र सम्पत्ति शुद्धिकरण हुने गरी काम गर्नेहरुमाथि कडा कारबाही गर्नुपर्नेमा जोड दिएको थियो । अख्तियारको सो निर्देशनपछि जलान र थपलियाको संलग्नता रहेको एनआरएन प्रकरणलाई चाँडै टुंगोमा पुर्याउन र दोषीमाथि कडा कारबाही गर्ने ऐतिहासिक दवाबमा धितोपत्र बोर्ड रहेको देखिन्छ ।  

'बोर्डमा एनआरएनको सञ्चालक समितिका अध्यक्ष सीताराम थपलियाले जलानको निर्देशन पालना गर्दै विभिन्न गतिविधि गरेका आधार र प्रमाणहरु पनि प्राप्त भएका स्रोतले बताएको छ । त्यसलाई क्रसचेक गर्ने काम भइरहेको छ ।' उच्च स्रोतले भनेको छः 'एनआरएनको यो गेम प्लानको मुख्य डाइरेक्टर जलान नै रहेको देखिएको छ । उनले जे-जे भने, त्यही विषय सञ्चालक समितिबाट निर्णय गराएर थपलियाले काम गरेको समेत देखिएको छ । एनआरएनको सेयरमा इन्साइडर ट्रेडिङको अपराधलाई सफल तुल्याउन साउथ इण्डियन थ्रिलर मुभीको भन्दा पनि सुनियोजित प्लट तयार गरिएको पाइएको छ।'

एनआरएनको यो प्रकरणमा सोही कम्पनीका एक सञ्चालकको समेत संलग्नता पुष्टि हुने कागजात अनुसन्धान गरिरहेका अधिकारीहरुले फेला पारेका छन् । ती सञ्चालकको कारोबारको इतिहासलाई पनि हाल केलाउने काम भइरहेको स्रोत बताउँछ । 

छानबिन गरिरहेका अधिकारीहरुले जलानले चलाख्याईपूर्वक ५८ नम्बर ब्रोकर(नासा सेक्युरिटिज)बाट आफ्नो स्वामित्व आफन्त र नजिकका व्यक्तिको नाममा सारेका र त्यस पछाडिको कारणलाई समेत केलाउने प्रयास गरिरहेका छन् । 'उनले अरुको नाममा स्वामित्व सारे पनि नासा सेक्युरिटिज उनकै हो भन्ने कुरा दुनियाँलाई थाहा छ ।' स्रोतले भन्यो-'नासाकै जिम्मेवारी व्यक्तिलाई प्रयोग गरेर अन्य धेरै कम्पनीहरुमा जलान नेतृत्वको समूहले खेल्दै आएको छ । पछिल्लो १ वर्षको अवधिमा यो समूहले चलखेल गरी अस्वभाविक रुपमा मूल्य बढाएका कम्पनी र त्यसमा भएका कारोबारका प्रकृति र प्रवृतिलाई समेत केलाउने काम भइरहेको छ ।'  

यसैबीच, जलानले भने आफू निकटस्थहरुसँग 'सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले चाहेर पनि आफूलाई कारबाही गर्न नसक्ने र आफूलाई कसैले केही गर्न नसक्ने' भन्दै हिँडिरहेका बुझिएको छ । 'मलाई सेबोन अध्यक्षले अप्ठ्यारो पार्ने काम नगर्नुपर्ने हो ।' आफू निकटस्थलाई जलानले भनेको कुरा उद्धृत गर्दै स्रोतले भनेको छः 'मेरो सबैतिर पावर छ । कसले के गर्नसक्छ मलाई?' 

एनआरएनमा जलानको शंकास्पद भूमिकाको विषयमा उनको प्रतिक्रिया लिन खोज्दा उनले आफ्नो समाचार लेखे पनि फरक नपर्ने दाबी गरे । तपाई यसअघि पनि नेपालको सेयर बजारकै ठूलो ठगी प्रकरणःनक्कली सेयर प्रमाणपत्र जारी गरेको विषयमा सर्वोच्चबाटै दोषी ठहर हुनुभएको रहेछ नि त ? त्यो केश चाहिँ अब सल्टिसकेको हो ? भन्ने हाम्रो प्रश्नमा उनले जवाफ दिंदै म्यासेज लेखे- 'लेख्नुस त्यो पनि ।'  

यसअघि प्रकाशित समाचार :

सन्दीप जलानलाई सीआईबीले बयान लिएको हो ? यस्तो रहेछ यथार्थ

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.