आईतवार, श्रावण ३,२०८३ 03:54:24
Bizshala
  • आईतवार, श्रावण ३,२०८३ 03:54:24
Bizshala
Global IME Bank Limited

बीपी र नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, दुर्घटनामा २५ यात्रु घाइते

बीपी र नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, दुर्घटनामा २५ यात्रु घाइते
New Office

काठमाण्डौ । पहिरोका कारण अवरुद्ध बीपी राजमार्ग तथा सवारी दुर्घटनापछि प्रभावित बनेको नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा आएका छन्। अवरोध हटाएपछि दुवै सडकमा दुईतर्फी सवारी आवागमन भइरहेको प्रहरीले जनाएको छ।

बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका–७, ८ र ९ का विभिन्न स्थानमा पहिरो खसेपछि सवारी आवागमन पूर्ण रूपमा रोकिएको थियो। रोशी–७ को अमलटारीमुनि गएको पहिरो र रोशी–९ को पिन्थलीबेँसीमा झरेको लेदो हटाएपछि आज बिहान ७ः४० बजेदेखि यातायात सञ्चालनमा आएको हो।

सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार अवरोध हटाइएसँगै राजमार्गमा सवारीसाधन चल्न थालेका छन्।

यसैबीच, चितवनको जलबिरेमा आपसमा ठोक्किएका सवारीसाधन हटाएर नारायणगढ–मुग्लिन सडकखण्ड पनि सञ्चालनमा ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय चितवन र सडक डिभिजन कार्यालय चितवनले सडक दुईतर्फी रूपमा खुलेको जानकारी दिएका छन्।

प्रहरीका अनुसार काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख १६७१ नम्बरको बस र सोही दिशाबाट आइरहेको एउटा ट्रक जलबिरेमा आपसमा ठोक्किएका थिए। दुर्घटनामा करिब २५ यात्रु घाइते भएका छन्।

वर्षा र पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार राति १० बजेदेखि बन्द गराएको नारायणगढ–मुग्लिन सडकखण्ड बिहान ६ बजे खुलाएको थियो। सडक खुलेलगत्तै सवारीसाधनले लेन अनुशासन पालना नगर्दा दुर्घटना तथा ट्राफिक जाम हुने गरेको बताइएको छ।

सडक डिभिजन कार्यालयले वर्षा र पहिरोको जोखिम कायमै रहेकाले लेन अनुशासन पालना गर्दै सीमित गतिमा सवारीसाधन चलाउन चालकसँग आग्रह गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.