काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले १ः०.६९९ अनुपातमा हकप्रद निष्कासनको अनुमति माग गर्दै मंसिर २ गते आवेदन दिएको हो ।
सेबोनबाट अनुमति पाएसँगै कम्पनीले १ अर्ब २८ करोड ५२ लाख ६२ हजार ६४४ रुपैयाँको रु.१०० अंकित दरका १ करोड २८ लाख ५२ हजार ६२६.४४ कित्ता हकप्रद जारी गर्नेछ ।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

