काठमाण्डौ । आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ६ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा),कृषि विकास बैंक, सर्वोत्तम सिमेन्ट, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, ङादी ग्रुप पावर र बरूण हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।
निफ्रा, सर्वोत्तम सिमेन्ट र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले मंसिर १२ गते तथा कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरले मंसिर १४ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा सेयर कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै यी कम्पनीहरुद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
सर्वोत्तम सिमेन्ट
कम्पनीले गत आवका लागि ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश(करसहित)गरी कुल २० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
निफ्रा
निफ्राले गत आवका लागि ६.३१५८ प्रतिशत नगद लाभांश(कर समेत)को घोषणा गरेको छ ।
कृषि विकास बैंक
बैंकले गत आवका लागि ३.२५ प्रतिशत बोनस सेयर र ९.२५ प्रतिशत नगद गरी कुल १२.५० प्रतिशत लाभांशको प्रस्ताव गरेको छ ।
बरुण हाइड्रोपावर
यो कम्पनीले पनि आव २०८१र८२ सम्मको मुनाफाबाट हाल कायम चुक्तापूँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक
बैंकले गत आवका लागि ३ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
ङादी ग्रुप पावर
कम्पनीले हाल कायम चुक्तापूँजीको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ५ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ ।

