बिहीबार, मंसिर २५,२०८२ 04:39:36
Bizshala
  • बिहीबार, मंसिर २५,२०८२ 04:39:36
Bizshala
Global IME Bank Limited
Bizshala

१७ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा सन नेपाल लाइफ

Hyundai Nepal
१७ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा सन नेपाल लाइफ
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १.६६ अंकले घटेर २६०७.३७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२६ कम्पनीको ७७ लाख ६८ हजार ६०१ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । 

आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.१८ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह ०.६३ प्रतिशतले घटेको छ । आज १७ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.६० प्रतिशतले बढेर ५१० रुपैयाँ पुगेको छ । 

CG Motors
Garima Development Bank
IME remit

त्यस्तै, एशियन लाइफको ०.०२ प्रतिशत, सिटिजन लाइफको ०.३४ प्रतिशत, आइएमई लाइफको ०.२१ प्रतिशत, एलआइसी नेपालको ०.५४ प्रतिशत, नेशनल लाइफको ०.४३ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.४२ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.२२ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.१३ प्रतिशत र हिमालयन रि को ०.४५ प्रतिशतले सेयरभाउ बढेको छ । 

त्यस्तै, हिमालयन एभरेष्टको ०.०२ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.८४ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.०४ प्रतिशत, नेको इन्स्योरेन्सको ०.०५ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ०.२३ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.३० प्रतिशत, आरबीसीएलको ०.६७ प्रतिशतले सेयरभाउ बढेको छ । आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.९३ प्रतिशतले घटेर १२७० रुपैयाँ कायम भएको छ । 

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

त्यस्तै, गार्डियन माइक्रो लाइफको ०.७२ प्रतिशत, हिमालयन लाइफको ०.११ प्रतिशत, नेपाल लाइफको ०.३४ प्रतिशत, सूर्यज्योति लाइफको ०.२१ प्रतिशत, एनएलजीको १.१८ प्रतिशत, सलिकोको ०.६० प्रतिशत, सानिमा जिआइसीको ०.६३ प्रतिशत, शिखरको ०.६३ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.८३ प्रतिशत, युनाइटेड अजोडको १.७४ प्रतिशत र नेपाल पुनर्बीमा कम्पनीको १.२४ प्रतिशतले सेयरभाउ घटेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.